Friday, 19th June, 2026
वि.स.

अब होम आइशोलेसनमा संक्रमितको मृत्यु भए शव परिवारले नै व्यवस्थापन गर्नुपर्ने

safe_image-1603034099.jpg

सरकारले होम आइशोलेसनमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी निर्देशिका संशोधन गरेको छ । संशोधित निर्देशिका अनुसार होम आइशोलेसनमा संक्रमितको मृत्यु भए शव परिवारले नै व्यवस्थापन गर्नुपर्ने छ ।

यसअघि संक्रमितको होम आइसोलेशनमा मृत्यु भए नेपाली सेनाको टोलीले ब्यवस्थापन गर्दै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संशोधित निर्देशिका जारी गर्दै कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गरेर सजगतका साथ शव आँफै व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

निर्देशिकामा अन्त्येष्टिमा सहभागीहरुले व्याक्तिगत सुरक्षाका सामग्री पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने काम गर्नुपर्नेछ । त्यस्तै आइशोलेसनमा राखेको कोठाबाट गाडिसम्म शव पुर्याउने, शव बाहन नभएको ठाउँमा शव बोक्न प्रयोग हुने शाधन खट बोक्ने व्याक्तिले मृत शरीर नछुने गरी बनाउनुपर्ने उल्लेख छ ।

 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०