Saturday, 20th June, 2026
वि.स.

 मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

death-body-1614764361.jpg

 मकवानपुरको बकैयामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

मदन भण्डारी लोक मार्गको बकैया गाउँपालिका वडा नंबर ५ को तीनतलेमा ना ६ त ४५३५ नंबरको ट्याक्टर दुर्घटना हुँदा हेटौंडा १७ का १३ वर्षीय दिलसन माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

हेटौंडाबाट सिमेन्ट बोकेर बकैया जाँदै गरेको ट्याक्टर दुर्घटनामा चालक हेटौंडा-१८ का सुनिल माझि र बकैया-७ का ५८ वर्षीय योगेन्द्र माझि घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुको हेटौंडामा उपचार भईरहेको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०