nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

अमेरिकाका डाक्टरहरु थाहानगरमा विद्यालयको जग खन्दै(फोटोफिचरसहित)

jag-1654072886.jpg

उनीहरुको टिममा २२ जना छन् । २० जना अमेरिकी हुन् भने २ जना स्पेनी । यस हप्ता उनीहरुले  थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको जनकल्याण माविको प्रशासनिक भवनको जग खन्ने र पुर्ने काममा श्रम गरे । टिममा ५ जना डाक्टरहरु पनि छन् ।

च्वाइस नेपालको तारतम्यमा नेपाल आएका उनीहरु काठमाडौँ ओर्लिएपछि सिधै थाहानगर आएका हुन् । थाहानगरमा च्वाइस नेपालको सहयोगमा सञ्चालन भएका कार्यक्रमहरुको अनुगमन गर्ने क्रममा २२ जनाको टिम नेपाल आएको हो ।

‘खासमा उनीहरु च्वाइसका ‘डोनर’ हुन् । टिममा डाक्टर, नर्श र विशेषज्ञहरु छन् । थाहानगरको सुरम्य हावापानीले उनीहरुलाई तानेको छ ।’ टिमसँगै रहेका च्वाइस नेपालका राष्ट्रिय कार्यकारी निर्देशक प्रतिक शर्माले भने । शर्मा र उनको टिम पनि विदेशी टिमसँगै विद्यालय भवनको जग निर्माणमा श्रम गरिरहेको थियो ।

च्वाइसले जन कल्याण मावि भवनको फाउण्डेशनका लागि श्रम र औजार सहयोग गरेको हो । उसले फाउण्डेशनको क्रममा अन्य पनि सहयोग गर्ने जनाएको छ । श्रम गर्ने क्रममा च्वाइसको विदेशी तथा नेपाली टिमले बालुवा बोक्ने, गिट्टी बोक्ने, मिक्सचर चलाउने लगायत काम गरेको थियो । थाहा टाइम्सको पत्रकार पुग्दा उनीहरु निकै रमाइलो मानेर श्रम गरिरहेका थिए । श्रमको दृश्य हेर्दा थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्ट प्रधानाध्यापक हुँदा जनकल्याणमा शिक्षक, विद्यार्थीहरुले अनिवार्य श्रम गर्नुपर्ने जुन नियम बनाएका थिए र जसरी श्रम गरिन्थ्यो, त्यस्तै चलिरहेको भान हुन्थ्यो । श्रममा कतिपय साना विद्यार्थीहरु पनि रमाइलो मान्दै भाग लिइरहेका थिए ।

जनकल्याणमा डाक्टरसहितको टोलीले श्रम मात्र गरेन, उनीहरुले विद्यार्थीहरुलाई सिर्जनात्मक कुराहरु पनि सिकाए । थाहानगर रहँदा विदेशी डाक्टरहरुले प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डाक्टर तथा स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया पनि गरे भने स्वास्थ्य केन्द्रलाई उतैबाट लिएर आएको महत्वपूर्ण ‘मेडिकल इक्विपमेन्टहरु’ पनि सहयोग गरे । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)