Monday, 19th January, 2026
वि.स.
23...-1768204900.jpg

१४ करोड बढी ठगी गरेको आरोपमा हेटौंडाका अग्रवाल पक्राउ

pakrau-1764748331.jpg

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै १४ करोड बढी ठगी गरेको उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मकवानपुर हेटौंडा स्थायी घर भई हाल ललितपुर बस्दै आएका शम्भु दयाल अग्रवाललाई पक्राउ गरेको हो । एकै व्यक्तिविरुद्ध १४ करोड बढीको वैदेशिक रोजगार ठगीको उजुरी परेको हो । व्यक्तिगत ठगीको यो सम्भवतः ठुलो उजुरी हो ।

प्रहरीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएका ५२ वर्षीय अग्रवाललाई ललितपुरबाट पक्राउ गरिएको बताएको छ । 

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०