Thursday, 13th August, 2026
वि.स.

थाहानगरमा ७ भदौमा बृहत् रक्तदान कार्यक्रम हुने

fdk;fb-;fksf]6f-(3)-1786589187.png

"रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

​पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभा हलमा सञ्चालन हुने उक्त कार्यक्रम लायन्स क्लब अफ थाहा पिस, लियो क्लब अफ पिस थाहानगर, पालुङ जेसीज र मोबाइल एसोसिएसन अफ मकवानपुर उत्तरी क्षेत्रको संयुक्त आयोजनामा हुन लागेको हो।

​आयोजकका अनुसार कार्यक्रम बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म चल्नेछ। उक्त कार्यक्रममा थाहा नगरपालिका वडा नं. ४ को सहयोग, नेपाल स्वयंसेवी रक्तदाता समाजको समन्वय तथा केन्द्रीय रक्तसञ्चार सेवा (भृकुटीमण्डप) को सहकार्य रहनेछ। ​

तपाईंको एक थोपा रगतले कसैको अमूल्य जीवन बचाउन सक्ने भएकाले मानव सेवाको यस पुण्य कार्यमा सहभागी भई रक्तदान गर्न तथा कार्यक्रमलाई सफल पार्न सम्पूर्ण महानुभावहरूमा आयोजकले हार्दिक अनुरोध गरेको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif