Friday, 14th August, 2026
वि.स.

रायमाझीलाई थाहा–३ को नगद १ लाखसहित सम्मान

news-1765865358.png

थाहा नगरपालिका वडा नं. ३ शिखरकोटका स्थायी बासिन्दा परिक्षित रायमाझीलाई वडा नं. ३ कार्यालयले नगद रु. १ लाखसहित सम्मान गरेको छ । रायमाझी हालै एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा टप टेनभित्र पर्न सफल भएका थिए । 

३ नम्बर वडा कार्यालयले स्वीकृत शैक्षिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत आफ्नो वडाभित्रका शिक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गर्दै आएको छ । यसअघि अघिल्लो आर्थिक बर्ष  एमबीबीएस अध्ययनका लागि नाम निकालेका सोही वडाका परिवर्तन स्याङ्तानलाई नगद एक लाख सहित सम्मान गरिएको थियो ।

सोमबार ३ नम्बर वडा कार्यालय विकास घरको प्राङ्गणमा आयोजित कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, समुदायमा आधारित प्रशामक सेवाका प्रमुख चिनिया लामा, समाजसेवी अरुण रायमाझी, परिक्षित रायमाझीका अभिभावक लगायतको उपस्थितिमा रायमाझीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा सम्मान ग्रहण गर्दै रायमाझीले प्राप्त सहयोग र सम्मानले थप मेहनत गर्न प्रेरणा मिलेको बताए । कार्यक्रममा थाहा नगरपालिका वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले आगामी दिनमा पनि शैक्षिक उत्कृष्टताको आधारमा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने बताए । 

रायमाझीे हिमालयन इंगलिस सेकेण्डरी बोर्डिङ स्कूल शिखरकोटबाट २०७९ सालको एसईई परिक्षामा सम्मिलित भई थाहा नगर प्रथम हुन सफल भएका थिए ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif