Friday, 14th August, 2026
वि.स.

महिलाको शव चिन्न सहयाेगकाे लागि प्रहरीको आग्रह

Happy-birthday-(Poster-(L-1786716032.png

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, फायरलाइनस्थित सामुदायिक वन क्षेत्रमा फेला परेको पहिचान नखुलेको महिलाको शवको पहिचानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरले सहयोगको अपिल गरेको छ।

प्रहरीका अनुसार २२ साउन, २०८३ दिउँसो करिब १ः५० बजे सामुदायिक वन क्षेत्रमा पहिचान खुल्न नसकेको एक महिलाको शव फेला परेको थियो। हाल प्रहरीले शवको पहिचान तथा सनाखतका लागि आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

मृतक महिलाको पहिचान खुलाउन विशेषज्ञद्वारा तयार गरिएको स्केच तथा थप तस्बिरहरू सार्वजनिक गरिएको प्रहरीले जनाएको छ। उक्त स्केच तथा तस्बिर हेरेर मृतक महिलालाई चिन्नुहुने व्यक्ति, आफन्तजन वा उनीसँग सम्बन्धित कुनै जानकारी भएका व्यक्तिलाई तत्काल जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले प्राप्त हुने सानो जानकारीले समेत मृतक महिलाको पहिचान खुलाउन तथा उनका आफन्तजनसम्म सूचना पुर्‍याउन महत्वपूर्ण सहयोग पुग्ने जनाएको छ।

मृतक महिलासम्बन्धी कुनै जानकारी भए जिल्ला प्रहरी कार्यालय मकवानपुरका मोबाइल नम्बर ९८५५०९०१५० वा ९८५५०९१४७० मा सम्पर्क गर्न सकिनेछ।

त्यस्तै, dpomakwanpurcdr@gmail.com मा समेत जानकारी पठाउन सकिने प्रहरीले जनाएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif