Wednesday, 12th August, 2026
वि.स.

थाहा नगरपालिकाकाे वार्षिक समीक्षा: थप प्रभावकारी सेवा प्रवाहमा जाेड ​

IMG-20260812-WA0000-1786547887.jpg

मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित योजना तथा कार्यक्रमको एकीकृत वार्षिक समीक्षा गरेको छ। २७ साउनाा नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा समीक्षा गरिएको हो।

समीक्षा कार्यक्रममा कार्यपालिका अन्तर्गतका पाँचवटै विषयगत समितिका संयोजकहरूले आफ्नो समिति मातहत सञ्चालित कार्यक्रम, उपलब्धि र प्रभावबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए: ।

सुशासन तथा संस्थागत विकास: समितिका संयोजक विष्णु बहादुर गुरुङले मानव संसाधन विकास, संस्थागत क्षमता अभिवृद्धि, राजस्व परिचालन, वित्तीय व्यवस्थापन, विद्युतीय सूचना प्रविधिको प्रयोग, सार्वजनिक सुनुवाइ तथा बेरुजु फछ्र्यौट लगायतका विषयमा प्रस्तुति दिएका थिए।

आर्थिक विकास र वन, वातावरण तथा विपद् व्यवस्थापन: संयोजक हिरेन्द्र कुमार रायमाझीले कृषि, पर्यटन, उद्योग, सहकारीका साथै भू-संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला तथा विपद् व्यवस्थापनमा हासिल भएका उपलब्धिका बारेमा जानकारी गराएका थिए।

सामाजिक विकास: संयोजक दिनेश बलले शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, संस्कृति प्रवर्द्धन एवं सामाजिक समावेशीकरणका क्षेत्रमा भएका प्रगति विवरण पेस गरे।

पूर्वाधार विकास: संयोजक शिवराज थिङले सडक, पुल, सिँचाइ, भवन तथा ऊर्जा क्षेत्रका योजना कार्यान्वयनको अवस्थाबारे प्रकाश पारेका थिए।

कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा विभिन्न शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।

​समीक्षाका क्रममा विगतका सिकाइलाई व्यवहारमा उतार्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने र सहभागितात्मक योजना प्रणालीलाई जोड दिने प्रतिबद्धता जनाइएको छ



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif