Monday, 19th January, 2026
वि.स.
23...-1768204900.jpg

ठगी गरेको आरोपमा चार जना पक्राउ

pakrau-1763528067.jpg

वैदेशिक रोजगारीका लागि बेलायत र साइप्रसलगायत विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सुजु प्रजा, रोजी गुरुङ, आदर्श  तिमिल्सिना र आशिष खोखालीलाई पक्राउ गरेको हो । प्रहरीले तिमिल्सिना र खोखालीलाई वर्किङ भिसामा बेलायत पठाइदिने भन्दै छुट्टाछुट्टै ३० लाख र ११ लाख ५० हजार लिएर सम्पर्कविहीन भएको अवस्थामा पक्राउ गरेको बताएको छ । तिमिल्सिना सिन्धुपाल्चोक सुनकोसी र खोखाली सिन्धुपाल्चोक इन्द्रावतीका स्थायी बासिन्दा हुन् । 

त्यसैगरी चितवन कालिकाका प्रजाले पनि बेलायत पठाइदिने भन्दै दुई लाख ६४ हजार र गुरुङले साइप्रस पठाइदिने भन्दै एक जनाबाट सात लाख लिएको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाइ सम्पर्कविहीन हुने क्रम बढेको भन्दै सचेत हुन आग्रह गरेको छ । पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०