nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘वन बेल्ट वन रोड’ शिखर सम्मेलनका लागि मुख्यमन्त्री पौडेल कतार जाँदै

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कतारमा हुने ‘वन बेल्ट वन रोड’ शिखर सम्मेलनमा सहभागि हुन ९ कार्तिक राति कतार प्रस्थान गर्नुहुने भएको छ ।

कतारका अर्थमन्त्री अहमद विन जसिम विन मोहमद अल्थानीको निमन्त्रणामा मुख्यमन्त्री पौडेलसंगै प्रदेशका उद्योग, पर्यटन, वन तथा वाताबरण मन्त्री अरुण नेपाल पनि संगै ४ दिने भ्रमणमा जानुहुने छ ।

कतार र चिनको राजनितिक सम्बन्ध स्थापना भएको ३० औं बर्षको अवसरमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नका लागि मुख्यमन्त्री पौडेल र मन्त्री नेपाल त्यसतर्फ जान लाग्नु भएको हो । उद्यमीहरु र विशेषज्ञहरुलाई सबै उद्यमहरुसंग सांस्कृतिक संचार, आर्थिक र व्यापार सहयोग कसरी बढाउने भन्ने विषयमा सम्मेलनमा छलफल हुने भएको छ । विश्वभरबाट ४ सय भन्दा धेरै सरकारी अधिकारीहरू, वक्ताहरुरू, विशेषज्ञहरूले कार्यक्रममा सहभागी हुने भएका छन् । सम्मेलनमा कतार, संयुक्त राज्य, बेलायत, दक्षिण अफ्रीका, टर्की, ओमान, कुवेत, नेपाल, लाओस, स्पेन, सिंगापुरलगायतका प्रतिनिधिहरु सहभागि हुनेछन् ।

संसारभरसंग स्थल मार्गबाट जोडिन ‘वन बेल्ट वन रोड’ को भुमिका महत्वपूर्ण हुने मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । स्थलमार्गसंग जोडिएपछि पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने उहाँको भनाई छ । मुख्यमन्त्री भएपछि पहिलोपटक बिदेश जानलाग्नु भएको मुख्यमन्त्री पौडेल १३ गते स्वदेश फर्कनुहुनेछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)