nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

३ लाख बढी नगदसहित हेटौंडाबाट १४ जना पक्राउ

a-1606473007.jpg

मकवानपुर प्रहरीले तास र कौडा खेलिरहेका १४ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ पारीजातपथस्थित दिल बहादुर मोक्तानको घरमा गए राति जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले तास र कौडा खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नं. ७ का ४ जना, हेटौंडा उपमहानगरपालिका वडा नं.२ का तीन जना, हेटौंडा उपमहानगरपालिका वडा नं. १, ४ ,१४ का एकरएक जना रहेका छन् । त्यस्तै मनहरी गाउँपालिका, इन्द्रसरोवरका गाउँपालिका, काभ्रे जिल्लाका र बाराका एकरएक जना रहेको प्रवक्ता रानाले बताए ।

जुवाखालबाट प्रहरीले उनीहरुको साथबाट प्रहरीले ३ लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३३ वटा कौडा समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव निरिक्षक इन्द्र बहादुर रानाले बताए ।  विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन,२०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)