nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

३७ वर्षअघि चोरिएको मूर्ति नेपाललाई हस्तान्तरण

murti-1615010166.jpg

ललितपुरको पाटनबाट हराएको वासुदेव(कमलाजा ९लक्ष्मी(नारायण० को मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ ।

वासिङ्टनमा रहेको नेपाली दूतावासमा भएको कार्यक्रममा अमेरिकाले नेपाललाई ३७ वर्षअघि चोरिएको प्राचीन मूर्ति हस्तान्तरण गरेको हो ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो एफबीआईका उपसहायक निर्देशक तिमोथी एन डन्हाम अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई वासुदेव-कमलाजाको मूर्ति हस्तान्तरण गरे ।
कार्यक्रममा अमेरिकी विदेशमन्त्रालयका प्रमुख उपसचिव इर्भिन मासिङ्गाले नेपालको सांस्कृतिक सम्पदा संरक्षणका लागि अमेरिकाले सधैँ सहकार्य गर्ने र वासुदेव(कमलाजा जस्तो प्राचीन मूर्ति हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे।

अमेरिकाको टेक्सास राज्य डल्लास म्युजियम अफ आर्टमा गएको वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको नारायण मन्दिरबाट हराएको थियो । मूर्तिबारे सूचना दिने न्यूयोर्कमा रहेको जोन(जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनकाअनुसार डल्लास सङ्ग्रहालयले वासुदेव(कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो ।

त्यसका लागि सङ्ग्रहालय म्युजियमका कानुनी अधिकारीले नेपालबाटै मूर्ति चोरिएको प्रमाण र प्रहरी प्रतिवेदन माग गरेका थिए । नेपाली दूतावासले केही प्रक्रिया पूरा गरेर मूर्ति नेपाल पठाइने जानकारी दिएको छ ।

रकम अभावका कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको वासुदेव(कमलाजाको मूर्तिलाई लागेजति खर्च ब्यहोरेर फिर्ता ल्याउने ललितपुर महानगरपालिकाले घोषणा गरिसकेको छ ।