Monday, 7th September, 2026
वि.स.

१३ असोजमा युवा संघको थाहानगर सम्मेलन, प्रमुख अतिथि महेश बस्नेत 

Yuba-Sangh-Youth161163430-1632715733.jpg

थाहा नगरमा राष्ट्रिय युवा संघ नगरस्तरीय सम्मेलनमा जुटेको छ । नगरका वडा तथा टोलहरुमा समेत युवा भेला तथा कमिटी निर्माण गरेर युवा संघ नगर सम्मेलनमा जुटेको हो । यही १३ असोजमा जेसीज सभाहलमा नगर सम्मेलन आयोजना हुने र त्यसको तयारी अन्तिम चरणमा पुगेको युवा संघका नगर संयोजक प्रदिप भट्टले जानकारी दिए । 

सम्मेलनमा करिब तीन सय युवाहरुको सहभागिता रहने भट्टले जानकारी दिए । सम्मेलनलाई नेकपा एमालेका केन्द्रीय नेता तथा युवा संघ इन्चार्ज महोश बस्नेतले सम्बोधन गर्ने कार्यक्रम तय भएको युवा संघले जनाएको छ । कार्यक्रममा नेकपा एमाले  जिल्ला कमिटी, थाहानगर कमिटी, महिला संघका सदस्यहरु लगायतको समेत आतिथ्यता रहनेछ । 

युवा सम्मेलनबाट नगर युवा संघको कमिटीसमेत घोषणा हुनेछ । कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिब लगायत पदाधिकारीसहित सदस्यहरु रहनेछन् । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०