Saturday, 1st August, 2026
वि.स.

'१२ जिल्लामा मात्रै ७३ प्रतिशत संक्रमित, कोरोना समुदायमा पुग्यो'

corona-virus-nepal-1599017299.jpg

सरकारले कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको निचोड निकालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा यसबारेमा बताइएक हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य विज्ञ  डा. सुरेश तिवारीले देशका १२ वटा जिल्लामा फैलिएको संक्रमणको अवस्था हेर्दा कोरोना समुदायमा पुगेको निचोड निकालिएको बताएका छन्।

'देशका १२ वटा जिल्लामा कोरोना समुदायमा पुगेको देखिन्छ। ती जिल्लामा कोरोना आउट ब्रेक भएको छ। '१२ वटा जिल्लाका 'हटस्पट' मा हामीले अब परीक्षणलाई बढाउनु आवश्यक छ। तर परीक्षण पनि वैज्ञानिक मापदण्डका आधारमा हुनुपर्छ, जथाभावी होइन, परीक्षण गर्नुपर्ने क्षेत्र र व्यक्तिको पहिचान गर्नुपर्छ', उनले भने, 'यी क्षेत्रमा कोरोना संक्रमणको जालो तोड्न सकेमा हामीले देशका अन्य भागको संक्रमण रोक्न सक्छौं।' जनस्वासथ्य विज्ञ तिवारीले कोरोना फैलिँदै जाँदा वृद्धहरुमा १ प्रतिशतबाट बढेर संक्रमण दर ४ प्रतिशतमा पुगेको बताए। 'पछिल्लो समयम ९६ प्रतिशत संक्रमित स्थानीय संक्रमण देखिएको छ। मृत्यु हुने क्रम बढेको छ। वृद्धहरुतिर संक्रमण बढिरहेको छ', उनले भने, 'हामीले परीक्षण गरेका केसहरुमा पोजेटिभ आउने अवस्था पनि ८/९ प्रतिशतमा पुग्‍न थालेको छ। यसले नेपाल पनि समुदाय संक्रमणको चरणमा गएको त होइन? भन्‍नेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ।'

तिवारीले वैज्ञानिकरुमा विश्लेषण गर्दा पनि १२ वटा जिल्लामध्ये ५ वटा जिल्लामा एक हजारभन्दा धेरै संक्रमित रहेको बताए। '१२ जिल्लामा मात्रै ७३ प्रतिशत संक्रमित छन्। यी १२ जिल्लामा समुदाय संक्रमण भएको हाम्रो निचोड छ', उनले भने, 'अब समग्र समाजको भूमिका अति महत्वपूर्ण छ। कोभिडको भ्याक्सिन विकासका क्रममा छ औषधि छैन। अहिले चलाइएका औषधि त लक्षण रोक्ने मात्रै हुन्।'

डा. तिवारीले २ सयभन्दा धेरै संक्रमित भएका जिल्लामा कडा लकडाउन र निषेधाज्ञा जरुरी रहेको बताए। 'अब २ सयभन्दा धेरै संक्रमित भएका जिल्लामा कडा निषेधाज्ञा चाहिएको छ। ५ सयभन्दा धेरै संक्रमित भएको जिल्लामा कर्फ्यू नलगाए अब गाह्रो हुन्छ', उनले भने, 'पहिलो अस्पताल नै घर हो, हामी त्यहीँबाट सुरक्षित बनौँ। हाम्रो लापरवाहीले अझै संकट ल्याउँछ। हामी अनुशासित नभएमा हामी कोभिड-१९ विरुद्ध सुरक्षित हुँदैन।' उनले यो पटकक चाडपर्व मनाउने अवस्था नरहेको पनि बताए। 'यो पटक चाडवाड मनाउने तिर नलागौं। रमाइलो फेरि गरौंला अहिलेलाई घरमै बसौं', उनले भने, 'अहिले आत्तिहाल्ने अवस्था त  छैन तर हामीले यसलाई फैलनबाट रोक्न सक्नुपर्छ। मास्क नै प्रमुख औषधि हो, अहिलेलाई कोभिडबाट जोगिनका लागि।' उनले कोभिडविरुद्धको युद्धमा लड्नुको विकल्प नभएको बताए। 'युद्धमा गएपछि लड्नै पर्छ। हामीले पनि युद्धमा होमिएको अवस्था छ', उनले भने, 'हामील यो युद्धलाई जित्न जुट्नै पर्छ। कसैको पनि ज्यान जानु दु:खद हो। हामी हतास हुने अवस्थामा छैनौं।'



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







Thaha-002-1774415222.gif