nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

१० शीर्षकमा ४८ बुँदासहित माओबादी केन्द्रले दियाे थाहा नगरलाई सुझाव (पत्रसहित)

IMG_20210618_070723-1623980860.jpg

नेकपा माओबादी केन्द्र थाहा नगर कमिटीले थाहा नगरपालिकालाई विभिन्न १० शिर्षकमा सुझावहरु पेश गरेकाे छ ।  आगामी आर्थिक वर्ष २०७८/०७८का लागि नीति तथा कार्यक्रममा समावेश गर्न नगरपालिकाले सुझाव मागेपछि साे पार्टीले लिखित सुझाव दिएकाे हाे । 

 ३ असारमा नगरकार्यपालिका पुगेर माओबादी केन्द्रका नगर अध्यक्ष अरुण रायमाझीले नगरप्रमुख लवशेर बिष्टलाई सुझाव बुझाएका हुन् । सुझावमा ४८ वटा बुँदा समेटिएका छन् ।

कृषि, पर्यटन, शिक्षा, खानेपानी तथा सरसफाई, आर्थिक समृद्धि, पूर्वाधार विकास, प्राकृतिक प्रकोप, सामाजिक सुरक्षा, सूचना/ प्रबिधि, अनुसन्धान र कला, साहित्य संस्कृतिका विषयमा विभिन्न सुझाव दिइएको अध्यक्ष रायमाझीले बताए । 

अध्यक्ष रायमाझीले व्यवसायिक रुपमा खेती गर्ने कृषकलाई प्रोत्साहन गर्नुपर्ने, पर्यटन गुरुयोजना तयार गरी पर्यटनको विकास गर्नुपर्ने,  एक बिद्यालय एक उद्यमको अवधारण ल्याउनुपर्ने जस्ता सुझाव दिएका बताए  । त्यसैगरी थाहा नगरमा रहेका प्राकृतिक स्रोतमा आधारित उद्योग ब्यवसायलाई प्रवर्धन गर्न र सडक लगायतका पूर्वाधारहरु निश्चित मापदण्ड तयार गरी ब्यवस्थित गर्न सुझाव दिइएको उनले जानकारी दिए ।

दिगाे  प्राकृतिक प्रकोप कोष खडा गरी जाेखिम ब्यवस्थापन नीति बाउन सुझाव दिनुका साथै खानेपानी बोर्ड गठन गरी ब्यवस्थित खानेपानीको ब्यवस्थापन गर्न सुझाव दिएकाे माओवादी केन्द्रले दिएकाे छ ।  फोहरलाई स्रोतमै ब्यवस्थापन गरी नगरको सरसफाई गतिविधि प्रभावकारी बनाउन साे पार्टीको सुझाव छ ।

नेकपा माओवादी केन्द्रले थाहालाई समाजमा रहेको कुप्रथाको बिरुद्ध स्पष्ट नीति बनाई अगाडि बढ्न सुझाव दिएकोछ । दुर्व्यसन तथा वालश्रमको न्यूनीकरणका लागि कार्यक्रम तयार गर्न पनि सुझाव दिइएको छ ।

कला, संस्कृति र साहित्यको विकासको लागि बजेटको ब्यवस्था गर्न समेत सुझाव दिइएको अध्यक्ष रायमाझीले बताए ।  कोरोना भाईरस नियन्त्रण लक्षित कार्यक्रम बनाई सबै स्वास्थ्य केन्द्रहरुलाई व्यवस्थित गर्न सुझाव दिइएकाे उनकाे भनाइ छ । उनका अनुसार सवै वडामा ईन्टरनेटको पहँच पुर्याउनुपर्नेमा जाेड दिइएको छ । 

सुझावपत्र ग्रहण गर्दै नगर प्रमुख विष्टले सबैतिरबाट प्राप्त सुझाबहरुका आधारमा आगामी बर्षको नीति तथा कार्यक्रमको तय गर्ने बताए ।  नगरको  आगामी बर्षको नीति तथा कार्यक्रम १० असारमा प्रस्तुत हुँदैछ । 

यसअघि नेकपा एमाले र समाजवादी पार्टी नेपालले नगरलाई सुझाव पत्र बुझाईसकेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)