nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडाको प्रयोगशालामा गरिएको परिक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि

Lab-1597204913.jpg

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० को किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रमा हिजो एकै दिनमा गरिएको परिक्षणका क्रममा ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

२७ साउनमा २ सय ५२ जनामा गरिएको परिक्षणमा ३९ जनामा रिपोर्ट पोजेटिभ आएको र अरु बाँकी २ सय १३ जनाको रिपोर्ट नेगेटिभ आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिए । बागमती प्रदेशमा हिजो एक दिनमा ५० जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती प्रदेशमा १ हजार ८ सय २४ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् ।