Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडाको चिसापानीमा टोल नै लकडाउन गरियो

IMG_20200405_103719-15860-1586074595.jpg

कोरोनाको संक्रमण रोक्न सरकारले गरेको लकडाउन कार्यान्वयन गर्न हेटौंडा ७ न्युरेनी चिसापानीका स्थानीयले गरे टोललाई लकडाउन गरेका छन्। उनीहरुले आफुलाई लकडाउन गर्दै बाहिरबाट आउनेलाई समेत गाउँ प्रवेशमा रोक लगाएका छन् । स्थानीयले टोल प्रवेश गर्ने नाकामा तगारो राखेर सूचना राखेका छन् ।

नियम उल्लंघन गरेको पाईए कडा कारवाही गर्ने स्थानिय ओम पोखरेलले बताएका छन्। ‘विश्वभरका सरकारले कोरोनाको संक्रमण रोक्न कडाई गरिएको हो। नेपालमा पनि सरकारले लकडाउन गरेको छ हामिले पनि टोललाई लकडाउन गरेका हौुंस्थानीय पोखरेलले भने।बाहिरबाट आएकाहरुबाट रोग सर्न सक्ने भएकाले टोलबसिले आफु पनि बाहिर नजाने र बाहिरबाट आउनेलाई पनि प्रवेश गर्न नदिने सल्लाह भएकोले यसो गरेको उनले बताए।तागारोमा प्रष्टखबरकर्मी पुग्दा निगरानी गरिरहेका राजकुमार पौडेलले टोलमा मन्दिर र एकान्त स्थान रहेको र अपरिचित मान्छेहरू धेरै आवतजावत गरेकोले आफ्नै सुरक्षाका लागि रोक लगाएको बताए ।

साथै स्थानीयले तगारो नजिक अत्यावश्यक अवस्थामा मान्छे हिडडुल गर्दा साबुनपानीले हात धुने व्यवस्था गरेको स्थानीय रविन श्रेष्ठले बताएका छन्। यस अघि हेटौंडा ६ जनकल्याण बचत तथा ऋण सहकारीको चोकबाट हेटौंडा ६ को स्वास्थ्य चौकी तर्फ जाने बाटोमा स्थानीयले तगारो राखेर टोललाई गरेका छन् ‌।