nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडाको गर्दोइमा नेकपा माओवादी केन्द्रको राखियो बोर्ड

mb-1615425489.jpg

नेकपा माओवादी केन्द्र मकवानपुरले जिल्ला कार्यालयमा बोर्ड राखेको छ । २६ फागुनमा एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज कुमारी मोक्तान र अध्यक्ष प्रेम बहादुर पुलामीको उपस्थितीमा बोर्ड राखिएको हो ।

हेटौंडा ४ गादोईस्थित पार्टी कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखेपछि बोल्दै इन्चार्ज मोक्तानले अदालतको फैसला सम्मान गर्न माओवादी केन्द्रको बोर्ड राखिएपनि पुनः पार्टी एकता हुने बताइन् । ‘अहिले हामी फरक फरक भएका छौं,तर पनि छिट्ट हामी एक हुनेछौं’, उनले भनिन् ।

पार्टी अध्यक्ष पुलामीले नयाँ ढंगले राजनीतिक घटना अघि बढेको बताउँदै नेकपा नेकपाकै नाममा धेरै जनप्रतिनिधिले निर्वाचन जितेकाले यसबारे संबैधानिक ब्याख्या आवश्यक रहेको बताए । कार्यक्रममा नेकपा मकवानपुरका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)