nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटाैंडाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि (विवरण सहित)

corona-Update-1597158041.jpg

मकवानपुर जिल्लामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २७ साउन साँझ प्राप्त रिपोर्ट अनुसार ९ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरु सवै हेटौंडाका विभीन्न वडाका वासिन्दा रहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए ।

४६ जनामा गरिएको परिक्षणको क्रममा १३ जनमा पोजेटिभ देखिएको चौँलागाईले बताए । हेटौंडाको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा हेटौंडा १० का ५० वर्षिय पुरुष, ३७ वर्षका पुरुष, वर्ष नखुलेका अर्का पुरुष र ६० वर्षका पुरुषमा कोरोना संक्रमण भएको छ । हेटौंडा ४ का ४५ वर्षिय पुरुष वर्ष नखुलेकी महिला, हेटौंडा ५ का २२ वर्षिय महिला, ४४ वर्षिय पुरुष, ४८ वर्षका पुरुष, र २३ वर्षका महिलामा कोरोना भएको हो ।

यस्तै हेटौंडा १३ का २७ र ३५ वर्षिय पुरुष र हेटौंडा १ का ४३ वर्षिय महिलामा कोरोना संक्रमण भएको चौलागाईले जानकारी दिए ।