nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हिँड्नुको फाइदा– आयु लम्बिनेदेखि रचनात्मक सोचको विकाससम्म

morning-walk-1616053168.jpg

हिँडाइले सबै उमेरका मानिसको स्वास्थ्यमा अनेक फाइदा गराउँछ । यसले केही रोगबाट बचाउनेदेखि आयु लामो गराउने समेत गर्छ ।
यो अन्य शारिरीक व्यायामभन्दा सजिलो छ, साथै समयको अनुकुलता मिलाउन गाह्रो छैन । 
यहाँ हिँड्नुका १० फाइदा प्रस्तुत गरिएको छ :
क्यालोरी घटाउने
नियमित हिँड्नाले क्यालोरी घट्छ । क्यालोरी घटे मोटोपन सन्तुलित राख्न सकिने मात्र नभएर आफ्नो वजन पनि घट्न जान्छ । आफ्नो वजन, हिँडाइको गति र दूरीअनुसार हिँड्नुपर्छ । सामान्यतः नियमित रूपमा एक घण्टाको हिँडाइ राम्रो हुन्छ ।
मुटुलाई मजबुत बनाउँछ
सातामा पाँच दिन ३० मिनेटका दरले हिँडे करिब १९ प्रतिशतले मुटुरोगबाट बच्न सकिने एक अध्ययले देखाएको छ । साथै जति हिँडाइको अवधि बढाइन्छ त्यति रोग लाग्ने जोखिम घटाउँछ ।
ब्लड सुगर घटाउन मद्दत गर्छ
खाना खाएपछिको केही समयको हिँडाइले ब्लड सुगर कम गराउन मद्दत गराउँछ । एक अध्ययनअनुसार खाजा वा खाना खाएपछि करिब १५ मिनेटको हिँडाइले निकै हदसम्म ब्लड सुगर घटाउने देखाएको छ । अन्य बेला ४५ मिनेटसम्मको हिँडाइभन्दा खाना वा खाजा खाएपछिको हिँडाइमा यस्तो देखिएको हो । यद्दपि विस्तृत अध्ययन भने गर्नुपर्ने देखिन्छ ।
जोर्नीको दुखाइ हटाउँछ
नियमित रूपमा हिँड्नाले घुँडा र कम्मरका जोर्नीको दुखाइ हटाउँछ । हिँडाइले मांशपेसीलाई बलियो बनाउँछ, जसले जोर्नीमा पर्ने चाप थेग्न सहयोग गर्छ । हरेक हप्ता ५ देखि ६ माइलसम्मको हिँडाइले जोर्नीको दुखाइलाई कम गर्छ ।
प्रतिरक्षा प्रणालीको कार्यलाई बढाउँछ
हिँडाइले चिसो लाग्नबाट बचाउँछ । एक अध्ययनअनुसार जाडो मौसममा ३० देखि ४५ मिनेटसम्म हिँड्ने बयस्क मानिसमा ४३ प्रतिशतले रुघा लाग्ने समस्या कम देखिएको छ । त्यस्तै उनीहरूलाई अन्य रोग पनि लागेको देखिएन ।
ऊर्जा बढाउँछ
थकित भएको बेला कफी पिउनुभन्दा बिस्तारै हिँड्नु प्रभावकारी हुन्छ । यसले ऊर्जा प्रदान गर्ने अध्ययनले देखाएको छ । हिँड्नाले शरीरमा अक्सिजनको प्रवाह बढाउँछ । त्यस्तै ऊर्जा प्रदान गर्ने विविध हर्मोन पनि उत्पादन हुन्छन् ।
मुड सुधार्छ
हिँडाइले मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ । यसले डर, तनाव तथा डिप्रेसन अनि खराब मुडलाई सुधार्छ । त्यस्तै समाजिक व्यवहार गर्न सघाउ पु¥याउँछ ।
आयु लम्ब्याउँछ
छिटोछिटो हिँडाइले आयु लम्ब्याउने एक अध्ययनले देखाएको छ । ढिलो हिँडाइ र छिटो हिँडाइमा आयु बढ्ने दर २० प्रतिशतले फरक देखिएको छ । प्रतिघण्टा करिब ४ माइलको रफ्तारमा हिँड्न समग्रमा फाइदाजनक छ ।
खुट्टालाई मजबुत बनाउँछ
हिँडाइले खुट्टाका मांशपेसी दरो हुने भएकाले खुट्टालाई मजबुत बनाउँछ । अझ पहाडी क्षेत्रमा हिँड्दा बढी फाइदा हुन्छ । त्यस्तै यसका लागि सीँढी भएको बाटो हिँड्न उपयुक्त हुन्छ ।
रचनात्मक सोचको विकास हुन्छ
हिँडाइले दिमागलाई फ्रेस गराउँछ । जसका कारण रचनात्मक सोचाई आउने हुन्छ । एक अध्ययनअनुसार बसेर सोँच्नेभन्दा बाहिर हिँडेर सोच्नेको नयाँ रचनात्मक सोच राम्रो देखिएको छ ।
(एजेन्सीहरूको सहयोगमा)



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)