nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपालमा आपत्‌कालीन स्थितिः डब्लूएचओ

trds-1621074725.jpg

कोरोना महामारीले नेपालमा आपत्कालीन अवस्था निम्तिएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ ।डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले कोरोना महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक र नेपालमा आपत्‌कालीन स्थिति निम्तिएको बताए।

नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि कोरोनाले आपतकालीन स्थिति निम्तिएको टेड्रोसले बताए।भारतका कयौं राज्यमा अहिले पनि संक्रमणदर नघटेको, अस्पतालहरूले बिरामी थेग्न नसकेको र संक्रमितको मृत्यु बढिरहेको जनाउँदै टेड्रोसले भारत सरकारलाई गम्भीर हुन आग्रह गरे ।

टेड्रोसले अघिल्लो वर्ष फैलिएको भन्दा यो वर्षको महामारी निकै खतरनाक र ज्यान लिने खालको भएको उल्लेख गरेको बिबिसीले जनाएको छ । भारतमा डब्ल्यूएचओले अक्सिजन कन्सन्ट्रेटर्स, मोबाइल फिल्ड अस्पतालका लागि टेन्ट, मास्क र मेडिकल सामग्री पठाइरहेको पनि उनले जानकारी दिए।

भारतको अवस्था अहिले पनि निकै चिन्ताजनक छ, कयौं राज्यमा संक्रमण मामिला  र मृतक संख्या बढिरहेको छ, टेड्रोसले भने। भारतलाई सहायता प्रदान गरिरहेका मुलुकहरूप्रति उनले आभार पनि व्यक्त गरेका छन्।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)