nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गाउँपालिका आफैंले अक्सिजन प्लान्ट स्थापना गर्दै

sunkoshi-gapa-1622272970.jpg

अक्सिजनमा सिन्धुपाल्चोकलाई आत्मनिर्भर बनाउने र कोरोना संक्रमितलाई अक्सिजन अभाव हुन नदिने उद्देश्यले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ ।

सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट नहुँदा छिमेकी जिल्लाहरूमा गएर अक्सिजन प्लान्ट भर्दा निकै समस्या भएपछि गाउँपालिकाले विभिन्न सहयोगी संघ संस्थासँगको समन्वयमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।

सुनकोशी गाउँपालिकाको कार्यपालिकाको बैठकले अक्सिजन प्लान्ट स्थापना गर्ने औपचारिक निर्णय गर्दै प्रक्रियासमेत अघि बढाएको गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले जानकारी दिए ।

सम्भवतः देशभरका स्थानीय सरकार मध्ये सुनकोशी गाउँपालिकाले यसरी आफ्नै पहलमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको यो पहिलो भएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए ।

गाउँपालिकाले वडा नम्बर-६ को थुम्पाखरमा अक्सिजन प्लान्ट स्थापना गर्न लागेको अध्यक्ष जिसीले जानकारी दिए । गाउँपालिकाले एनसिसी बैंक, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, क्षमादेवी व्यावसायिक समूह लगायत अन्य सहयोगी व्यक्ति र संघ संस्थासँग पनि अक्सिजन प्लान्टको लागि सहकार्य गर्न लागेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अक्सिजन प्लान्ट निर्माणका लागि बैंक लगायत अन्य संघ संस्थाहरूसँग समन्वय गरिदिएको गाउँपालिका अध्यक्ष जिसीले जानकारी दिए । एनसिसी बैंक सञ्चालक समितिमा बस्नेत पनि सदस्य छन् ।
अहिलेको यो महामारीमा जुध्न र भविष्यमा हुने संकटमा समेत अक्सिजन प्लान्ट स्थापना भएपछि एउटा पूर्वाधारको रुपमा यसले जिल्लाबासी र छिमेकी जिल्लाहरुलाई समेत सहयोग पुग्ने अध्यक्ष जिसीले बताए ।

सुनकोशी गाउँपालिकाको समन्वयमा स्थापना हुने अक्सिजन प्लान्टबाट गाउँपालिकाको स्वास्थ्य संस्थामा मात्रै नभएर जिल्लाभर वितरण हुने र अन्य जिल्लामा समेत अक्सिजन प्रदान गर्न सक्ने गरेर अक्सिजन प्लान्टको लागि बजेटको स्रोत सुनिश्चित गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)