Sunday, 6th September, 2026
वि.स.

थाहामा कोरोना जाँच्न घरघरमै स्वास्थ्यकर्मी

corona-1622119612.jpg

मकवानपुरको थाहा नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण भए–नभएको परीक्षण गर्न स्वास्थ्यकर्मी घरघरमै पुग्न थालेका छन् । 

नगरमा कोरोना सङ्क्रमण दर निकै बढेर स्थिति झण्डै नियन्त्रणबाहिर जान थालेपछि पछिल्लो समय स्वास्थ्यकर्मीहरु घरघरमै पुगेर परीक्षण थालेको थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख  मेघराज  बलामीले बताए । 

स्वास्थ्यकर्मीहरुले बिहीबार थाहाको वडा नम्बर ६ मा घरघरमा पुगेर कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरुको परीक्षण गरेको ६ नम्बर वडाअध्यक्ष शशिधर सुवेदीले बताए  । त्यसैगरी, बिहीबार नै थाहाको ८ नम्बर वडाका विभिन्न स्थानमा स्वास्थ्यकर्मीको टोली पुगेर बिरामीको कोरोना परीक्षण गरिएको छ । बिहीबार ८ नम्बर वडाको देविस्थान र लामचौरमा पुगेर स्वाब लिइएको वडा अध्यक्ष टीकाराम रुम्बाले जानकारी दिए । 

थाहा नगरको पछिल्लो कोरोना सङ्क्रमण विवरण अद्यावधिक भइरहेको र केहीबेरमा सार्वजनिक हुने थाहा नगरपालिकाले जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif