nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौँडा अस्पतालमा ओपिडि सेवा सञ्चालन

hetauda-hospital-1622092197.jpg

कोरोना भाईरस संक्रमण बढ्दै गएपछि रोकिएको ओपीडी सेवा हेटौंडा अस्पतालमा बिहिबारबाट सुरु भएको छ ।

अस्पताल कोरोना भाईरसको मात्र उपचारमा केन्द्रीत रहँदा अन्य बिरामीले सेवा नपाएको गुनासो अत्याधिक आएपछि अस्पतालले ओपीडी सेवा सुरु गर्न लागेको हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले बताए । अस्पतालमा अझैपनि कोभिडका बिरामीको चाप कम नभएपछि अस्पतालले तालिका बनाएर ओपीडी सेवा सुरु गर्ने भएको हो ।

बाल स्वास्थ्य, स्त्री तथा प्रजनन् स्वास्थ्य, हाडजोर्नी, जनरल मेडिसिन लगायत अस्पतालबाट प्रदान गरिने सेवालाई तालिका बनाएर सुरु गर्न लागिएको हो । जिल्लाकै ठूलो सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा दैनिक सयौं सर्वसाधारण स्वास्थ्य उपचारबाट बञ्चित भैरहेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)