Sunday, 6th September, 2026
वि.स.

हेटौँडा अस्पतालमा ओपिडि सेवा सञ्चालन

hetauda-hospital-1622092197.jpg

कोरोना भाईरस संक्रमण बढ्दै गएपछि रोकिएको ओपीडी सेवा हेटौंडा अस्पतालमा बिहिबारबाट सुरु भएको छ ।

अस्पताल कोरोना भाईरसको मात्र उपचारमा केन्द्रीत रहँदा अन्य बिरामीले सेवा नपाएको गुनासो अत्याधिक आएपछि अस्पतालले ओपीडी सेवा सुरु गर्न लागेको हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटाले बताए । अस्पतालमा अझैपनि कोभिडका बिरामीको चाप कम नभएपछि अस्पतालले तालिका बनाएर ओपीडी सेवा सुरु गर्ने भएको हो ।

बाल स्वास्थ्य, स्त्री तथा प्रजनन् स्वास्थ्य, हाडजोर्नी, जनरल मेडिसिन लगायत अस्पतालबाट प्रदान गरिने सेवालाई तालिका बनाएर सुरु गर्न लागिएको हो । जिल्लाकै ठूलो सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदा दैनिक सयौं सर्वसाधारण स्वास्थ्य उपचारबाट बञ्चित भैरहेका थिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif