nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा बिहीबार ३८ सङ्क्रमित थपिए, सङ्क्रमणदर घट्याे

corona-1622119612-1622130658.jpg

टोलटोलमा गई सङ्क्रमणको लक्षण देखिएकाहरुको एन्टिजेन परिक्षण  गर्दा थाहा नगरपालिकामा बिहीबार  ३८ जना सङ्क्रमित फेला परेका छन् । योसमेत गरी बिहीबारसम्म थाहामा ४ सय ८८ जनामा संक्रमण पुष्टि भैसकेको छ । 

बिहीबार थाहा ७ को चिसापानी र राम्चेमा ३९ जनाको एन्टिजेन परिक्षण गरिएकोमा १८ जनामा संक्रमण देखिएको डा. रिकेश कार्कीले बताए । यसैगरी, थाहा ८ मा २२ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ८ जनामा पोजेटिभ रिपोर्ट आएको डा. शक्ति चौरासियाले बताए । ८ नम्बरमा पिसिआर परिक्षणका लागि १६ जनाको स्वाव संकलन गरिएको छ । 

यसैगरी, बिहीबार नै प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा १० जनाको परिक्षणमा ६ जना र स्वास्थ्य केन्द्र बज्रबाराहीमा ७ जनाको परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ । 

यसैबीच, बिहीबार थाहा नगरपालिका स्वास्थ्य शाखाले एक अपिल जारी गरेको छ । अपिलमा स्वास फेर्न गाह्रो भएमा, विहान, दिउँसो, बेलुकी मान्छे नचिन्ने भएमा, बेहोस भएमा, छाती भारी भएमा, लगातार ४-५ दिनसम्म ज्वरो आएमा र २४ घण्टासम्म पिसाव नभएमा तत्काल स्वास्थ्य केन्द्र ल्याउन तथा ९७४२५१५१००, ९७४२५१५१०१, ९७४२५१५१०२ र ९७४२५१५१०३ मा तुरुन्त सम्पर्क गर्न भनिएको छ 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)