nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा शुक्रबार २ सय २० जनाले जिते कोरोना

corona-update-thahatimes-1622200175.jpg

मकवानपुरमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थप २ सय २० जनाले कोरोना जितेका छन् ।

होम आइसोलेसनबाट २ सय १२ जना र आइसालेसनबाट ८ जना गरि थप २ सय २० जनाले कोरोना जितेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

शुक्रबार कोरोना जित्नेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ७६ जना रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका १६ जना,थाहा नगरपालिका भित्रका १३ जना, भीमफेदी गाउँपालिका भित्रका ५ जना, मकवानपुरगढी गाउँपालिका भित्रका ४ जना,बकैया गाउँपालिका भित्रका ३ जना,ईन्द्रसरोबर गाउँपालिका भित्रका २ जना र बागमती गाउँपालिका भित्रका एक जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ५ हजार ८ सय ९३ जना पुगेको छ ।

मकवानपुरमा हालसम्म कोरोना पुष्टि भएका ८ हजार ४ सय १५ जनामा हाल २ हजार ४ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् । मकवानपुरमा कोरोनाको कारण हालसम्म ८५ जनाको ज्यान गएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)