nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हराएको २२ थान मोबाइल बुझायो मकवानपुर प्रहरीले

photo-1-1615195160.jpg

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा चोरी भएको तथा हराएको मोबाइल फेला पारि मकवानपुर प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ । प्रहरी कार्यालयका अनुसार विभिन्न समयमा हराएर र प्रहरीले फेला पारेका मोबाइला धनीलाई नै बोलाएर जिम्मा लगाई दिएको हो ।

हराएका तथा चोरी भएका २२ वटा मोबाइल फेला पारी सोमबार सम्बन्धित मोबाइल धनीलाई बुझाएको कार्यालयले जनाएको छ । बिभिन्न मितिमा मोबाईल चोरीका तथा हराएका धेरै उजुरी आउन थालेपछि मकवानपुर प्रहरीले विशेष टोली गठन गरेर खोजी गरेको थियो ।

विभिन्न कम्पनीका १३ देखी ५५ हजार सम्म पर्ने ४ लाख ४० हजार मुल्य बराबरको मोवाईलहरु फेला पारी सम्बन्धित धनीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बोलाई जिम्मा लगाईएको कार्यालयका प्रवक्ता एवम् डिएसपी जयश्वर रिमालले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)