nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हथौडाले हानेर श्रीमतीको हत्या, श्रीमान पक्राउ

1-1616049601.jpg

 लागुऔषधको लतमा फसेका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । काठमाडौँको बल्खुस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका सन्तोष सापकोटाले श्रीमती सन्तोषी श्रेष्ठलाई हथौडाले हानेर हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौँको दाबी छ ।

घटनामा सवुध प्रमाणसहित सापकोटालाई पक्राउ गरी परिसरमा सार्वजनिक गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भने, “हत्यापछि शवलाई तन्नामा पोको पारी बोरामा हालेर फ्याक्ने प्रयास गरेको पाइयो ।” अभियुक्त श्रीमतीले लगाएका गरगहना तथा नगद पैसा भने लिएर भागेका थिए ।

घटना सोमबारको हो । मृतक श्रेष्ठको टाउकाको बायाँपट्टी गहिरो चोट, घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । सापकोटा यसअघि लागुऔषध मुद्दामा कारागार चलान भई कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । छुटेपछि पनि उनले लागुऔषध भने छाडेका थिएनन् ।

घटनापछि उनी नगद रु २३ हजार, श्रीमतीले लगाएका सुनका मुन्द्रा, बाला, सिक्री र श्रीमतीको आइफोनसमेत लिएर फरार भएका थिए । भाग्दै हिँडेका उनलाई प्रहरीले मङ्गलबार काठमाडौँको बल्खुस्थित फलफूल बजारबाट पक्राउ गरेको थियो । परिसरमा बुधबार पत्रकार सम्मेलनमार्फत अभियुक्त र बरामद सामग्री सार्वजनिक गर्दै प्रमुख सिंहले विवाह भएदेखि नै उनीहरु बीच मत नमिलेको पाइएको बताए । प्रारम्भिक अनुसन्धानमा सापकोटाले पारपाचुके गर्न पटकपटक दबाब दिँदै आएको पाइएको छ । उनीमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।रासस



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)