nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 18th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्टार होटलहरुको मापदण्ड निर्धारण, कुन तारा पाउन कस्तो हुनुपर्छ सुविधा ?

स्टार होटलहरुले सेवाग्राहीलाई दिइने सुविधाबारे नयाँ मापदण्ड तयार भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्टार होटलहरुले पाएको स्तरअनुसार सो होटलले उपलब्ध गराउनुपर्ने सुविधाको मापदण्ड निर्धारण गरिएको हो । मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पथप्रदर्शक नियमावली २०३८ ले दिएको अधिकार प्रयोग गरी २०७६ पुस ७ गते प्रकाशित गरिएको मापदण्डलाई संशोधन गरेको जनाएको छ । 

 

यस्तो स्टार होटलको मापदण्ड

काठमाडौं उपत्यकाका होटललाई कम्तीमा २० देखि बढीमा १५० वटा सुत्ने कोठाका आधारमा वर्गिकरण गरिएको छ ।

पाँच तारा डिलक्स होटलमा १५० कोठा अनिवार्य गरिएको छ । यस्तै ५ पाँच तारास्तरको होटलको न्युनतम मापदण्डमा एक सय कोठा हुनुपर्ने उल्लेख छ । यस्तै चारताराको ८०, तीनताराको ६० वटा सुत्ने कोठा अनिवार्य हुनुपर्ने व्यवस्था नयाँ वर्गीकरणले गरेको छ ।

त्यसरी नै दुई तारास्तरको होटलमा ४० र एकतारामा २० वटा सुत्ने कोठा हुनुपर्नेछ । काठमाडौ बाहिरको होटलको हकमा भने सुत्ने कोठको संख्या क्रमशः १००, ८०, ६०, ४५, ३० र १५ हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी  पाँचतारा डिलक्स होटलमा ४० वटा सवारी साधान पार्किङ हुनै पर्ने व्यवस्था गरेको छ । ४० वटा सवारी साधन पार्किङ नभएको होटल पाँचतारा डिलक्सको मापदण्डभित्र पर्दैन । पाँचतारामा २५, चारतारामा, २०, तीनतारामा १५, दुईतारामा १० र एकतारामा ५ वटा सवारी साधान अट्ने हुनुपर्ने जनाइएको छ ।

होटलले कम्पनी दर्ता र सञ्चालन इजाजत पत्र, तारा अंकित प्रमाणपत्र रिसेप्सनमा देखिने गरी राख्नुपर्नेछ भने रिसेप्सनमा बस्ने कर्मचारी नेपाली भाषाका साथै अंग्रेजी राम्रोसँग बोल्न जान्ने हुनुपर्नेछ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)