nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

सिन्धुलीमा गाडी दुर्घटना, ४ जनाको मृत्यु, ७ घाइते

sssind-1615898881.jpg

 सिन्धुलीको कमलामाई नगरपालिकामा गाडी दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सिन्धुलीमाडी बजारबाट बाँसकटेरीतर्फ गईरहेको डबल क्यापको गाडी दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए । मृत्यु हुने सबै कमलामाई नगरपालिका–७ बाँसकटेरीका हुन् । एपी तिमिल्सिनाका अनुसार, मृत्यु हुनेहरुमा ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र दुर्गाकै २ वर्षीय छोरा मनिष श्रेष्ठ छन् ।

दुर्घट्नामा ७ जना घाइते भएका छन् । घाइतेहरुको सिन्धुुली अस्पतालमा उपचार भइरहेको छ । गाडी बाँसकटेरीतर्फ जाँदै गर्दा कमलामाई नगरपालिका ७ करमडाँडामा दुर्घटना भएको हो । गाडीमा ११ जना सवार थिए । सिन्धुली अस्पतालमा २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीया शान्तिमाया थिङ, २२ वर्षीया कविता श्रेष्ठ, ५० वर्षीया सुनमाया थिङ, ३० वर्षीया सुनमाया थिङ, २८ वर्षीय बिनिता श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये एक दुई वर्षीय बालक पनि छन् ।

घटना भएलगत्तै प्रहरी र स्थानीय बासिन्दाले उद्दार गरेका थिए । घाइतेहरुलाई प्रहरीले अस्पतालसम्म ल्याएका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)