Wednesday, 18th November, 2026
वि.स.

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा सरकारले माग्यो आवेदन

kk-1794895990.JPG

युवा, श्रम तथा रोजगार मन्त्रालयले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले मंसिर १ गते प्रथम पटक सूचना प्रकाशन गर्दै प्रतिस्पर्धाका आधारमा उक्त पदको पदपूर्ति सिफारिसका लागि आवेदन माग गरेको हो ।

मन्त्रालयका अनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ को नियम २३ बमोजिम प्रतिस्पर्धाको आधारमा कोषको कार्यकारी निर्देशक पदपूर्ति गरिनेछ । उक्त नियमावलीको नियम २३ को उपनियम (४) बमोजिम न्यूनतम योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको ढाँचामा आवेदन पेस गर्नुपर्नेछ । दरखास्त सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालय, प्रशासन शाखामा कार्यालय समयभित्र बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

आवेदनसँग सम्बन्धित विस्तृत सूचना, दरखास्त फाराम तथा स्वघोषणाको ढाँचा मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको मन्त्रालयले जानकारी गराएको
छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०