nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सार्वजनिक स्थानमा मेला,जात्रा नमनाउन मकवानपुर प्रशासनको अनुरोध

makawanpur1-1606282216.jpg

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनि स्थलमा हुने विभिन्न कार्यक्रम रोक लगाएको छ । प्रशासनका सूचना अधिकारी देवचन्द्र गर्तौलाद्वारा जारी सूचनामा जिल्लाका विभिन्न स्थानमा हुने संस्कृति र सामाजिक परम्परा अनुसार सार्वजनिक स्थानमा पर्व नमनाउन, जात्रा तथा मेलाको आयोजना नगर्न भनिएको छ ।

सार्वजनिक स्थानमा भीडभाड गर्दै जात्रा, मेला तथा पर्व संचालन गर्दा कोरोनाको जोखिम झनै बढ्ने भएकोले उक्त कार्य नगर्न निर्देशन गारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी गर्तौलाले बताए । संस्कृति र सामाजिक महत्व बोकेका चाडपर्वहरुलाई घर परिवारकै सदस्यहरुबीच मनाउन आग्रहसमेत गरिएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)