nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

साइकल यात्री बस्न्यातलाई थाहानगरमा स्वागत 

CV-Cy-1616032572.jpg

शिक्षाका लागि साईकल यात्रामा निस्केका देवेन्द्र बस्न्यातलाई थाहानगरमा स्वागत गरिएको छ । २ चैत्रमा मकवानपुर थाहानगरको शिखरकोट आइपुगेका  बस्न्यातलाई शिखरकोट स्थित कृष्णमन्दिर चोकमा स्वागत गरिएको हो ।  

थाहा नगरपालिकाका वडा अध्यक्षहरु दिपकसिं लामा, गुप्त कार्की, स्थानीय समाजसेवी युगशेर विष्ट, निरोज प्रधान, सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका खेलकुद स्वयंसेवक राजीव कुमार स्याङतान, नेकपा माओवादी केन्द्रका थाहानगर अध्यक्ष अरुण रायमाझी, एमाले थाहानगर सचिव कुमार नेगीलगायतले साइकल अभियन्ता बस्न्यातलाई माला र खादा लगाएर स्वागत गरेका थिए । सहभागीहरले यात्राको उद्देश्य सफलताको शुभकामना व्यक्त गरेका थिए । बस्न्यात थाहानगरमा स्वागतसंगै विदाई भई हेटौंडा हुँदै नारायणगढ तथा बुटवलतर्फ जानुहुने युगशेर विष्टले जानकारी दिए । 

दोलखाको राजकुलेश्वर विद्यालयलाई सहयोग गर्न तथा डडेलधुरामा पुस्तकालय पुनस्र्थापना गर्न साईकलयात्री देवेन्द्र बस्न्यात दोलखादेखि–डोटिसम्म साइकल यात्रामा निस्केका हुन् । बस्न्यात एक्लै साईकलयात्रामा निस्केका छन् । बस्न्यातले दोलखादेखि डोटीसम्मको यात्रा तय गर्दा एक हजार दुई सय किलोमिटर दूरी पार गर्नुहुनेछ ।

फोटोहरूः गणेश विष्ट/थाहा टाइम्स
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)