nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सर्वेक्षण भन्छ-'स्थानीय सरकारप्रति जनताको विश्वास बढ्यो'

3-8-1617982316.jpg

स्थानीय सरकारप्रति जनताको विश्वास बढेको एक सर्वेक्षणले देखाएको छ ।  काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्टसले इन्टरडिस्प्लिनरी एनालिस्टस् (आईडीए) र दि एसिया फाउन्डेशनसँग मिलेर गरेको सर्वेक्षणमा सहभागीमध्ये ८४.६ प्रतिशतले स्थानीय निकायका वडाध्यक्ष/सदस्यलाई विभिन्न विषय वा अवस्थामा विश्वास गर्ने बताएका हुन् ।

प्रदेश र संघ र प्रदेशभन्दा स्थानीय सरकार बढी उत्तरदायी भएको पाइएको छ । ५८.९ प्रतिशतले स्थानीय सरकारको उत्तरदायी भूमिकाको प्रशंसा गरेका छन् ।  ४४.२ प्रतिशतले प्रदेश सरकारको र ४३.६ प्रतिशतले संघीय सरकारको उत्तरदायी भूमिकाको प्रसंशा गरेका छन् ।  शुक्रबार सार्वजनिक सर्वेक्षणमा देशको समग्र अवस्थाप्रति जनधारणा, सुरक्षा र विवाद समाधान, पहिचान र सामाजिक सम्बन्ध, शासन र राजनीतिमा सहभागिता र आर्थिक दृष्टिकोण र सूचनामा पहुँचबारे जनमत समेटिएको छ ।

सर्वेक्षणमा सातै प्रदेशका ५८८ वडाहरूबाट छानिएका ७,०६० जना प्रतिनिधि सहभागी थिए । सन् २०१७ मा शुरु गरिएको यो सर्वेक्षण सन् २०१८ हुँदै तेश्रो पटक सन् २०२० मा भएको हो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)