ict-nepal-1625344508.gif
Monday, 2nd August, 2021
वि.स.
.-1624118193.jpg

सम्झनामा ४ साउन, २०५० : परिवारका ११ जना गुमाउँदाको पीडा 

saroj-1626681987.jpg
  • मणिराज गौतम

सरोज कुमार खनाल सामान्य परिवारका सदस्य हुन् । १६ जना परिवारको साथमा खुसी साटेर जीवननिर्वाह गरेका उनमा २५ वर्षको उमेरमा बज्रपात आइलाग्यो । उनले बाढीपहिरोबाट ११ जना परिवारका सदस्य गुमाउनु पर्ला भनेर कहिल्यै सोचेका थिएनन् । मकवानपुर जिल्लाको तत्कालिन पालुङ गाविस–९ फेदीगाउँमा जम्बो परिवारका साथ बस्दै आएका खनाल त्यतीबेलाको परिवेशलाई सम्झदा भक्कानिन्छन् । फेदीगाँउमा ७ दिनसम्म पानी पर्दा पनि घुम ओडेर गोठालो जाने गरेका खनाल बाढीपहिरोले घर लगेको देख्दा यो अकल्पनीय रहेको बताउछन् । बाढी पहिरो जाने कुनै सम्भावना नभएको ठाउमा विनासकारी बाढीले कसरी आँखा गाड्यो कल्पना गर्न कठिन छ भन्छन् खनाल । खेती किसानीबाट जीविकोपार्जन गर्ने उनको परिवार छिन्नभिन्न भयो भन्ने खबर सुन्दा अचम्म लाग्ने कथा २८ वर्षदेखि बोकी रहेका छन् खनालले ।

त्यतिबेला ५ जना जीवित रहेका परिवार लाई सान्त्वना दिनेहरुको भिड समेत थिएन किनभने गाँउ नै रोइरहेको अवस्था थियो ।

कुरा २०५० को हो, साउन ४ गते खनाल आमाले पकाएको खाना खाएर पारीपट्टि रहेको सिखरकोट बजार हिड्छन् । ३ दिन देखि आइरहेको अविरल पानीको प्रवाह खासै कसैले गरेनन् । खनाल पनि छाता ओडेर सिखरकोट बजार लागे । त्यतिबेला पञ्चायती व्यवस्थाको अन्त्यपछि  २०४७ को संविधान जारी भएसँगै २०४९ को निर्वाचनबाट पालुङ गाविस बन्यो । जनमुखीकर्मी रुपचन्द्र विष्टले निर्माण गरेको पालुङ विकास समितिलाई पालुङ गाविस र दामन गाविस मिलाएर संयुक्त आर्थिक विकास समिति चलाईएको थियो । यो समितिको संयोजक भएर काम गरेका खनाल यही शिलशिलामा घरबाट निस्केका थिए । यो समितिको संयोजकको कामले खनाललाई विपत्तिबाट बचाउन सफल भएको उनको तर्क रहेको छ ।

तत्कालीन विकास घरमा बसेर काम गरीरहेका खनाल भित्री काम भन्दा पनि बाहिर पानीको बेग बढेका कारण मनमा डर लिइरहेका थिए । दिउँसो ४ बजेतिर यत्ति ठूलो पानी प¥यो कि खनालले आजसम्म त्यस्तो पानी परेको देखेका छैनन् ।  ठूलो पानी परेका कारण खनाल घर जाने अवस्थामा पनि थिएनन् । उनले त्यो रात पानी परेको हेरेर भगवानसँग कुनै अकल्पनीय नहोस् भन्दै रात काटिरहे । खनालसँग भएको जिप कम्पनीको टर्चलाईट बाल्दा पानीको धारा लाईटबाट अगाडि नबढ्ने अवस्थामा थियो । चारैतिर मुसलधारे पानीको बेग भएपछि खनालमा चिन्ता बढ्नु स्वभाविक थियो । जब बिहान उज्यालो भयो तब उनले बाढीको प्रवाह नगरी आफनो घरतिर लागे । जब उनी घरमा पुगे न उनले न घर देखे न परिवारनै । उनको घर परिवार रातको ठूलो बेगमा आएको बाढीसँगै बगाइसकेको थियो । उनले एकैदिन ११ जना परिवार गुमाएको डर लाग्दो कथा सुनाउँदा हामी जसलाई पनि आङ सिरिङ्ग हुनु स्वभाविक छ । यति ठूलो विपत्ति आइलाग्ला भनेर कल्पना नगरेका खनाल भयभित भए । रोए कराए तर के गर्नु दैवका अगाडि उनको केही लागेन ।

सायद परिवेश त्यस्तै थियो सरकारी संयन्त्र त्यति सतर्क थिएन । सञ्चारको विकास थिएन । सूचना सम्प्रेषणमा कुनै संकेत थिएन यसैका कारण फेदीगाउँ डुबानमा प¥यो,

खनाल मधुरो स्वरमा भन्छन् दैव र दसा एकैपटक लाग्यो । उनले एकै राती आफनो बा, आमा, श्रीमती, भाउजु, २ जना भाइहरु, २ जना दाइको छोरा भतिजाहरु, आफनो बच्चा ३ जना गरी ११ जना गुमाउनु पर्यो । जब बिहान घरमा खनाल पुगे परिवार पुरिएका थिए, गाईबस्तु केही पानीमा तैरिएको थिए भने धेरै पुरिएको अस्थामा थिए । खाद्यान्न नगदसँगै खनालको आफनो शरीरमा भएको एकसरो कपडा बाहेक केही बाँकी रहेनन् । उनी फेदीगाँउको ठूलो दुर्दसा भोग्ने व्यक्ति हुन पुगे ।

बाढीपहिरो कसरी आयो भन्ने प्रश्नमा खनाल पनि अचम्ममा छन् । कुनै सोचनीय ठाउँ छैन । यकिन गर्ने परिवेश छैन । अग्लो डाँडामा घर भएको र तल सानो २ खोल्सा थिए । यही खोल्सामा बगाएर ल्याएका उतिसका रुखका जराहरु अडकेर ड्याम बन्यो अनि यो फुटेर आउँदा घर बगाएको उनको अनुमान छ । तत्कालीन गाविस अध्यक्ष रामहरि विष्टका अनुसार पनि यही अनुमान छ । डाँडोको बीचमा भएको खोँच भरिदै आएर फुटेपछि यसबाट निस्केको बेगले नै घर बगाएको अनुमान विष्टको पनि छ ।

जब यति ठुलो विपत्ति आयो खनालका भाइ र दाइ काठमाण्डौमा, दिदीहरु हेटौँडामा र आफू पारी सिखरकोट रहेकाले बाँच्न सफल भएको उनको भनाइ छ । त्यतिबेला ५ जना जीवित रहेका परिवार लाई सान्त्वना दिनेहरुको भिड समेत थिएन किनभने गाँउ नै रोइरहेको अवस्था थियो । सरकारले राहतको नाममा दिएको सामान्य दालचामलको भरमा उनले आफनो बचेको गोठमा कति रात कटाए भनाँै जीविकोपार्जन चलाए । त्यतिबेला राहतको नाममा ७ हजार पाएका उनले यसकै भरमा परिवार डो¥याउनुपर्ने बाध्यता थियो । जीवनमा विपत्ति थाहा दिएर आउँदैन भन्ने मनशायलाई खनालले मनमा राखे, मन बुझाए । तर के गर्नु त्यो २७ वर्ष देखिको आलो घाउ मनमा छँदैछ । खनालले आफू बाढीपहिरोको पिडित भएकै कारण बाढीपीडित कन्स्ट्रक्शन निर्माण सेवा दर्ता गरेर काम गर्न थालेको बताउछन् । जे होस् उनले अहिले आफूलाई सफल बनाउन ठूलो मिहेनत र संर्घष गरेको उनको भनाइ छ ।

तर त्यो पीडाले अहिले पनि दाजुको अवस्था नाजुक रहेको उनको तर्क छ । भाइले पनि सामान्य जीविकोपार्ज गरिरहेको बताउँदै खनाल भन्छन् बसोबास गरेको स्थान जोखिम छ भन्ने थाहा भइदिएको भए सायद परिवारसँग अझ धेरै खुसी साट्न पाइन्थ्यो । बाढी वा पहिरोबाट बच्ने उपायहरुको विषयमा आफूले थाहा पाएपनि बचाउन नसकिएको उनको भनाइ छ । रेडियो नेपालबाट बज्ने सूचनाबाट उनले धेरै कुराहरु जानेका थिए तर के गर्नु त्यो लागु गर्ने अवस्था नै आएन । २०५० सालको बाढी वा पहिरोको प्रभाव अहिले पनि दाजुले र आफुले भोगिरहेको उनको भनाइ छ । अहिले खनाल यातायात व्यवसायी भएका छन् । बाढीपहिरोको ८ वर्षको पिडापछि नयाँ जिवन सुरु गरेका खनालको परिवारमा अहिले श्रीमती , छोरा र छोरीहरुछन् । हाल उनी हेटौडा उप महानगरपालिका वडा नम्बर ५ मा बस्छन् ।

२०५० सालको बाढीपहिरो प्रभावित खनाल आजभोलि विगतलाई सम्झदै गाँउहरुमा आउने बाढीपहिरोका पीडितहरुका लागि सहयोग गर्न सबैभन्दा अगाडि आइलाग्छन । आफूले दुःख भोगे पनि अरुले भोग्नु नपरोस् भन्ने उनको भनाइ छ ।

त्यसबेलाको सूचना संप्रेषणमा कमजोर भयो भनौ या संयन्त्र नै नभएका कारण परिवार गुमाएको खनालको भनाइ छ । बाढीपहिरो सम्बन्धी सूचना पाएको भए सायद परिवार बच्न सक्ने उनको तर्क छ । सायद परिवेश त्यस्तै थियो सरकारी संयन्त्र त्यति सतर्क थिएन । सञ्चारको विकास थिएन । सूचना सम्प्रेषणमा कुनै संकेत थिएन यसैका कारण फेदीगाउँ डुबानमा प¥यो, खनालको भनाइ छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

jhamka-1624645162.jpg
corona_ad-1626692113.gif






thah-COO-1587359073.png
balsram-1625416970.jpg