Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सबै हब अस्पताल पूर्ण क्षमतामा सञ्चालन हुने

swsthy-1590826913.jpg

 सरकारले कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढेसँगै सबै हब अस्पताललाई पूर्ण क्षमतामा सञ्चालिन हुन निर्देश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ती हब अस्पतालका प्रमुखलाई शुक्रबार मन्त्रालयमा बोलाएर कुनै गुनासो नआउने गरी पूर्ण क्षमतामा सञ्चालित हुन निर्देशन दिएका हुन ।

सूचना प्रणाली बलियो बनाउन र एकआर्कामा सहकार्यको भावना विकास गर्न आवश्यकता रहेको भन्दै मन्त्री ढकालले स्याटेलाइट अस्पतालले हब र हब अस्पतालले मन्त्रालयलाई नियमित रिपोर्टिङ गर्ने गरी काम गर्न पनि निर्देशन दिए । 

उनले नीति, निर्देशिका, कार्यविधिमा कुनै पनि समस्या आए तुरून्त परिवर्तन गर्न सकिने भन्दै हरेक समस्याको विकल्पसहितको समाधान खोजिनुपर्ने बताए । कुनै पनि अस्पतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने भन्दै मन्त्री ढकालले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
 
मन्त्री ढकालले मानवस्रोतको परिचालनसम्बन्धी स्पष्ट योजना बनाउन र बिरामी बढ्दै जाँदा श्ययाको व्यवस्थापनका बारेमा पूर्वतयारी गरेर कार्यान्वयनमा जान निर्देशन पनि दिए । उनले बिरामी सिफारिसका लागि स्वास्थ्य आपत्कालीन केन्द्रको नेतृत्वमा तत्काल संयन्त्र निर्माण गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिए ।

रासस 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)