nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सप्तरीमा जंगली हात्ती मृत अवस्थामा फेला

hatti-1606029240.jpg

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नम्बर ५ मा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ ।

करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले जानकारी दिए । सप्तरीको पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता समितिका अध्यक्ष समेत रहेका चौधरीका अनुसार ११ केभीको विद्युत् प्रसारण लाइनको तारमा अल्झिएको अवस्थामा हात्ती मृत भेटिएको हो ।

कोशीटप्पु वन्यजन्तु आरक्षको जङ्गलबाट गाउँमा पसेको हात्ती मृत भेटिएको उनले बताए । मरेको हात्तीलाई कानुनी प्रक्रिया पूरा गरेर मरेकै ठाउँमा गाड्ने तयारी भइरहेको कोशीटप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन सन्तोष भगतले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)