nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सन्ताेष चाैलागाई बने बागमती प्रदेश युवा परिषदकाे उपाध्यक्ष

IMG_20210618_165855-1624015039.jpg

बागमती प्रदेश युवा परिषदको उपाध्यक्षमा मकवानपुरका युवा सन्तोष चौलागाई नियुक्त भएका छन् ।

४ असारमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका हुन् । युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको निति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताए । नियुक्त भएका चौलागाईलाई सपथ ग्रहण गराउदै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समग्र युवा बिकासका लागि महिला युवाहरुको सक्रियता बढाउनेगरि काम गर्न सुझाव दिएकी हुन् ।

बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्र्तवार्ताका लागि छनौट गरेको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)