nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सञ्चारमन्त्री बनेपछि नैनकलाको निकै चर्चा : को हुन त नैनकला, यस्तो छ उनको इतिहास

IMG_20210611_045231-1623367108.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । २७ जेठमा ओलीले आफ्नो सरकारमा ७ जना मन्त्री र एक राज्यमन्त्री थपेका छन् । केहीदिनअघि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा भित्र्याउँदा आफूसँगै राखेमा मन्त्रालयहरूमा ओलीले नयाँ मन्त्रीहरु नियुक्ति गरेका हुन् ।

नियुक्त भएका मन्त्रीहरु मध्ये एक मन्त्रीको निकै चर्चा छ । नैनकला थापा । थापालाई ओलीले सञ्चार तथा सूचना प्रविधि जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मा दिएका हुन्।

राजनीतिक वृत्तमा नामै नसुनिएका थापालाई एकाएक महत्वपूर्ण मन्त्रालयको जिम्मा सहित सरकारमा ल्याउँदा थापाका बारेमा सामाजिक सञ्जालमा निकै चर्चा छ ।

.
को हुन् सञ्चार मन्त्रालयको जिम्मा पाएकी नैनकला ?
रुपन्देहीको बुटवलमा जन्मिएकी नैनकला २०३५–२०३६ सालतिर विद्यार्थी संगठन मार्फत राजनीतिमा प्रवेश गरेकी थिइन् । २०३८ सालमा उनी मोहनविक्रम सिंह नेतृत्वको नेकपा(चौथो महाधिवेशन) मार्फत कम्युनिस्ट पार्टीको सदस्यता लिएकी थिइन् ।

४० सालमा उनले चितवनका रामबहादुर थापासँग बिहे गरेकी थिइन । बिए र बिएड अध्ययन गरेकी थापाले बुटवलस्थित कालिका मा.वि.र चितवन नारायणी मावि मा शिक्षिका भएर काम गरिन् । उनी पार्टीको महिला संगठनको नेतृत्व तहमा समेत पुगेकी थिइन । २०३८ सालमै अखिल नेपाल महिला संघको चितवन जिल्ला सचिव बनेकी नैनकला २०४२ सालमा यसै संगठनको केन्द्रीय महासचिव बनेकी थिइन् ।

त्यसपछि विभिन्न वाम घटकको एकताबाट नेकपा एकता केन्द्र बनेपछिको एकीकृत अखिल नेपाल महिला संघको पनि उनी महासचिव बनिन २०५० सालमा । २०५१ मा तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्ष सुरू गरेपछि उनी पति रामबहादुर थापासँग भूमिगत भएर पार्टीमा लागेकी थिइन् ।

माओवादी शान्ति प्रक्रियामा आएर सरकारमा गइसकेपछि नैनकला २०६४ देखि २०६८ सालसम्म राष्ट्रिय महिला आयोगको अध्यक्ष समेत रहिन् । माओवादी केन्द्रमा रहँदा उनलाई केन्द्रीय सल्लाहकारको पद दिइएको थियो । मन्त्री बन्नुअघिसम्म पनि उनी  महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा महिला विज्ञ समूहको सदस्य थिइन ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)