Tuesday, 16th June, 2026
वि.स.

शैक्षिक सहयोग अक्षयकोषमा सदस्य बृद्धिका जिम्मेवारी प्रदान

IMG_4566-1594140009.JPG

शैक्षिक सहयोग अक्षयकोषमा सदस्यता बृद्धिका लागि विभिन्न जिम्मेवारी प्रदान गरिएको छ । अक्षयकोषका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा मगलबार बसेको बैठकले सदस्यता बृद्धिलगायत अक्षय कोषबाट छात्रबृत्ति बितरण सम्बन्धमा विभिन्न निर्णय गरेको हो । 

कोरोना भाईरस (कोभिड–१९) का कारण करीब ४ महिना पछि बसेको बैठकले कोषमा सदस्यता बृद्धिका लागि विभिन्न क्षेत्रमा जिम्मेवारी समेत प्रदान गरिएको अध्यक्ष खुलालले बताए । कोरोना भाईरसका कारण सामुहिक रुपमा जम्माहुन तथा धेरै भिडभाड गर्न नमिल्ने हुनाले व्यक्तिगत रुपमा जिम्मेवारी प्रदान गरिएको उहाँले बताए । स्थानिय तहहरुसंग समन्य आँफैले गर्ने साथै विभिन्न संघसंस्थाहरुसंगको समन्व्यका लागि इन्दीरा न्यौपाने, सहकारी संस्थाहरुसंग समन्व्य गर्न सचिता भट्टराई, प्यावसनसंग बद्री बहादुर पाठक, कानुन व्यवसायीलगायत अन्य बद्धीजिवीसंग समन्वयका लागि मुकुन्द अधिकारी, पत्रकारहरुसंगको समन्वयका लागि हरि हुमाँगाई, व्यवसायीसंग समन्वयका लागि प्रमोद सिंह राणभाट, उद्योग क्षेत्रमा समन्वयका लागि नवराज अर्याल र संस्थाको गतिविधि सम्बनधमा विभिन्न सामाजिक संजाललगायतबाट प्रचार प्रशारका लागि विवश अधिकारीलाई जिम्मेवारी दिईएको खुलालले जानकारी दिए ।  

बैठकमा कोषका सचिव बद्री बहादुर पाठकले कोषमा अहिलेसम्म भएका गतीविधिका बारेमा जानकारी दिए । फागुन २८ गते बैठकले कोषमा सदस्यता बृद्धि गर्ने, कार्ययोजनासहित कार्य अगाडी बढाउनेलगायतका निर्णय गरेकोमा लकडाउनकै कारण काम अगाढी बढ्न नसकेको बताए । उनले हालसम्म कोषमा ७० जनाले सदस्यता लिनुभएको र उनीहरुबाट हाल सम्म ७ लाख ७९ हजार रुपैया जम्मा भएको जानकारी दिए । जसमध्ये ७ लाख ४३ हजार मुद्धति खातामा र करबि २६ हजार रुपैयाँ चालु खातामा रहेको उनले जानकारी दिए । कार्ययोजना अनुसार चालु खातामा जम्मा भएको रकमबाट यसै वर्ष विद्यालय खुलेपछि स्थानिय तहहरुको समन्वयमा छात्रबृति वितरण गरिने कोषका अध्यक्ष खुलालले जानकारी दिए । बैठकमा कोषका सदस्यहरु एवम् अन्य सरोकारवालाको समेत सहभागिता थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०