nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शिखरकोटको कृष्ण मन्दिर नखुल्ने, घैटो फुटाउने प्रतियोगिता पनि स्थगित

मकवानपुर थाहा नगरपालिकाको शिखरकोटमा कृष्णाष्टमीका दिन यस वर्ष २७ साउनमा लाग्ने मेला नहुने भएको छ । कोरोना भाइरसको उच्च जोखिमका कारण शिखरकोटको कृष्ण मन्दिर नै नखुल्ने शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । 

कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न यसवर्ष घरघरमै पुजाआजा गरी कृष्णाष्टमी मनाउन थाहा नगरापालिका ३ का वडा अध्यक्ष राजेश केसीले श्रद्धालुहरुलाई आग्रह गरेका छन् ।

त्यस्तै, कृष्णाष्टमीको भोलिपल्ट मनाइने घैंटो फुटाउने जात्रा पनि यो वर्ष नहुने भएको छ । कोरोना भाइरसको जोखिमको कारण सयवर्ष २८ साउनमा परेको उक्त घैंटो फुटाउने जात्रा शिखरकोट बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको थियो । घैंटो फुटाउने प्रतियोगितासहित हुने जात्रामा थाहा नगरबाहेक टाढाटाढाका हजारौं दर्शकहरु आउने गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)