nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शिक्षा पत्रकार समूह वाग्मती प्रदेशको संयोजकमा अधिकारी

Adhikari-1596859259.jpg

शिक्षा पत्रकार समूहको वाग्मती प्रदेशको संयोजकमा हेटौंडाका सञ्चारकर्मी ध्रुव अधिकारी चयन भएका छन् । समूहले आफ्नो सांगठनिक संरचना प्रदेश तहसम्म विस्तार गर्ने निर्णय अनुसार वाग्मती प्रदेशको संयोजकमा अधिकारीलाई चयन गरेका हो ।

वाग्मती प्रदेशका संयोजक अधिकारी करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । बाइलाइन नेपाल डटकम र हेटौंडा खबरपत्र साप्ताहिकका सम्पादक रहेका अधिकारी राजधानी दैनिकका मकवानपुर संवाददाता पनि हुन् । संयोजक अधिकारीले समूहले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्नका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् ।

केन्द्रको नीति निर्देशन अनुसार प्रदेश कमिटीलाई पूर्णता दिँदै प्रदेशका सबै जिल्लामा समिति निर्माण गर्ने अधिकारीले बताएका छन् । जिल्लामा रहेका शिक्षा क्षेत्रमा समेत कलम चलाउँदै आएका अधिकारीले शिक्षा विभाग र पत्रकार महासंघको सहकार्यमा प्रदान गरिदै आएको शिक्षा लेखनवृत्ती ९२०६८० र शिक्षा पत्रकारिता पुरस्कार ९२०७०० प्राप्त गरिसकेका छन् । समूहको साउन २१ गते बसेको कार्यसमिति बैठकले संस्थाको प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय गरेको थियो । बैठकले प्रदेश १ मा राधा खनाल (झापा) , प्रदेश २ मा दिपेन्द्र सिंह (जनकपुर) , गण्डकी प्रदेशमा केशवशरण लामिछाने (पोखरा) , प्रदेश ५ मा मनोज पौडेल (कपिलवस्तु), कर्णाली प्रदेशमा कलेन्द्र सेजुवाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा शिवराज भट्ट (धनगढी) लाई संयोजक चयन गरेको समूहका केन्द्रीय अध्यक्ष तुला अधिकारीले जानकारी दिए ।

प्रदेश कमिटीलाई प्रक्रियागत ढंगले पूर्णता दिइने कार्यसमिति बैठकले निर्णय गरेको छ। २०७६ फागुन ५ मा सम्पन्न २० औं साधारणसभाले समूहलाई प्रादेशिक संरचनामा लैजाने निर्णय गरी त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न पूर्वअध्यक्ष सुदर्शन घिमिरेको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको थियो।

त्यस्तै, बैठकले शिक्षा विटमा कार्यरतरकाम गर्न इच्छुक युवा एवं ऊर्जावान पत्रकारहरूका लागि शिक्षा पत्रकार समूहको नयाँ सदस्यता पनि खुला गर्ने निर्णय गरेको छ। कोभिड–१९ को महामारीले उत्पन्न गरेको प्रतिकुलताबीच शिक्षा पत्रकार समूहले हरेक सोमबारलाई शिक्षाबारका रुपमा गर्दै आएको समसामयिक शैक्षिक मुद्दा केन्द्रित भर्चुअल सम्बादलाई निरन्तरता दिने निर्णय गरेको छ। शिपसले शिक्षा क्षेत्रका समसामयिक मुद्दा र असल अभ्यासबारे राष्ट्रिय, प्रादेशिक स्तरमा अन्तरक्रिया तथा लेखनवृत्ति कार्यक्रम गर्दैआएको छ। कोभिड–१९ को महामारीमा नेपालको शैक्षिक क्षेत्र, असल अभ्यास र चुनौती दर्शाउने खोजमूलक रिपोर्टहरूको पुस्तक प्रकाशित गर्ने तयारी समेत समूहले गरेको छ ।