nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

व्यवसाय नवीकरण कर छुट गर्न नगरपालिकालाई बाणिज्य संघकाे सुझाव

1a8794e2d639033816f373ce7-1623747619.jpg

थाहा नगर उद्योग वाणिज्य संघले थाहा नगरपालिकालाई अार्थिक वर्ष २०७७/०७८ काे व्यवसाय नवीकरण कर छुट दिनेगरी नीति तथम कार्यक्रम ल्याउन सुझाव दिएको छ ।

नगरपालिकाले अागामी अार्थिक वर्ष २०७८/७९ काे वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव मागेकाेमा व्यवसायीकाे हितमा यस्ताे सुझाव दिएकाे संघका अध्यक्ष कविराज खत्रीले बताए । 'अहिले लकडाउनकाे अवस्था छ,  ब्यवसाय बन्द मात्रै हाेइन, चाैपट छ, त्यसैले याे सुझाव पनि दिएका छाैँ', उनले भने ।

उद्योग बाणिज्य संघले थाहा नगरपालिकालाई १ असारमा सुझाव पत्र पेश गरेकाे हाे । अध्यक्ष खत्री र महासचिव सुरेन्द्रमान प्रधान नगरपालिका पुगेर नगर उपप्रमुख खड्गबहादुर गाेपालीलाई सुझाव पेश गरेका थिए । 

विभिन्न छवटा क्षेत्रमा अाधारित रहेर दिइएकाे सुझावमा नगरकाे अान्तरिक कर व्यवस्थापनमा संघकाे सहभागिता  सुनिश्चित गर्नुपर्नेदेखि व्यवसाय बिमाका विषयसमेत उठाइएका छन् । हेर्नुहाेस् सुझावकाे पूर्ण विवरण :



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)