nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लुम्बिनी प्रदेशसभाको ७ औं अधिवेशन बुधबारदेखि

lumbini-1617175740.jpg

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन बुधबारदेखि सुरु हुँदै छ । बुधबारदिउँसो १ बैठक बस्ने बैठकमा दुई वटा विधेयक पेश हुने छन्।

बैठकमा शुभकामना मन्तव्यपछि २ वटा विधेयकका प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले बताए ।

उनले बुधबारको बैठकमा प्रदेश पूर्वाधार विकास प्राधिकरण सम्बन्धि विधेयकलाई सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेश गर्ने र प्रदेश विश्व विद्यालय स्थापनाका लागि अध्ययन समितिको प्रतिवेदन माथि छलफलका लागि प्रस्ताव पेश हुने  बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपमा प्रदेश सभामा रहेका सत्तारुढ दल अहिले विभाजित अवस्थामा रहेको बेला  कुर्सी भने पुरानै कायम हुने भएका छन् ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अब मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार गठबन्धन सरकारको रुपमा रहेको छ ।

सचिव पुनले गठबन्धन सरकार भएका कारण माओवादीका सांसदहरु पनि आज पुरानै स्थानमा सत्ता पक्षको कुर्सीतिर नै बस्ने बताए ।

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)