nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लुटेरा समूहको प्रतिकार गर्दा गोली प्रहार, एकै परिवारका ५ जना घाइते

1g-1623923926.jpg

 महोत्तरीको सम्सी गाउँपालिकामा लुटेरा समूहको प्रतिकार गर्दा एउटै परिवारका ५ जना घाइते भएका छन् ।

सम्सी–१ स्थित वीरेन्द्र साहको गहना पसलमा लुटपाट गर्न आएको समूहको प्रतिकार गर्दा वीरेन्द्रमाथि गोली प्रहार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।

८÷१० जनाको समूहले गहना लुटपाट गर्न खोज्दा साह परिवारले प्रतिकार गरेको थियो । सो क्रममा लुटेरा समूहले हानेको गोली वीरेन्द्रको कम्मरमा लागेको र परिवारका अरु सदस्यमाथि रडलगायतका घरेलु हतियार प्रहार भएको गरेको प्रहरीले बताएको छ ।

गोली लागेका साहलाई उपचारका लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । साहकी पत्नी सुशीला देवी, छोराहरु शम्भु, राजीव र छोरी कञ्चनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ ।

उक्त समूहले ५ तोला सुन, १७२ तोला चाँदी र नगद २ लाख रुपैयाँ लुटेको पीडित परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको एसपी आचार्यले बताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)