nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लामो लाइन नै विद्युत आपुर्तिको प्रमुख समस्या: प्राधिकरण

bidhyut-pradhikaran-15269-1620271464.png

पछिल्लो समय हरेक दिनजसो दसौं पटक थाहानगरमा बिद्युत आपूर्ति बन्द हुँदा सबै क्षेत्र प्रभावित हुने गरेको छ । बिना सूचना विद्युत आपूर्ति बन्द हुँदा सर्वसाधारणहरु प्राधिकरणसङ्ग आक्रोसित हुने गरेका छन् । त्यसरी बिना तयारी बिद्युत आपूर्ति बन्द हुने कार्यलाई प्रधिकरणको भाषाले "ट्रिप्प" भनिन्छ । त्यसरी ट्रिप्प हुने कुरा वितरण केन्द्र पालुङलाई पनि थाहा हुन्न । धोर्सिङदेखि जहाँसम्म मूख्य लाइन (११ हजार केभी) छ त्यस भागमध्ये कतै समस्या आए लाइन ट्रिप्प हुने प्राधिकरणले जनाएको छ ।

पालुङ वितरण केन्द्रको कार्यक्षेत्रमा मूख्य लाइन १ सय १० किलोमिटर छ । त्यसो त पुर्व योजना अनुसार सूचना जारी गरेर काटिने बाहेक कहाँबाट लाइन ट्रिप्प भयो भन्ने जानकारीसम्म नहुने पालुङ वितरण केन्द्र प्रमुख बिनोद अधिकारी बताउछन् ।

धोर्सिङको स्रोतमा मात्रै निर्भर रहेको वितरण केन्द्रको स्वीचिङ स्टेसन हाल कुलेखानीस्थित ड्यामसाइड मात्र हो । सहरी क्षेत्रमा प्रत्येक ३०/३५ किलोमिटरमा सव स्टेसनहरु हुने भएपनि यस क्षेत्रमा भने एउटै सव स्टेसनबाट १ सय १० किलो मिटरको दूरी हेर्नु पर्नाले लाइन अबरुद्द हुँदा तत्काल सेवा दिन कठिनाइ भएको प्रमुख अधिकारी बताउँछन् । यहि समस्याको समाधानका लागि धेरै वर्षअघिदेखि निर्माण थालिएको मार्खुस्थित सव स्टेसन अझै चार्ज हुन सकेको छन् । काठमाडौं मातातीर्थबाट ३३ केभिको लाइन जोडेर वितरण गर्न बनाइएको मार्खुको सव स्टेसन विभिन्न विवादमा पर्दै आएको छ । "अब छिट्टै चार्ज हुन्छ होला, केही दिनको मात्रै काम बाकी छ" प्रमुख अधिकारीले भने ।

पछिल्लो समय मौसमका कारण समयमा मर्मत गर्न नसक्दा पनि समस्या थपिएको प्राधिकरण स्वीकार्छ, "चट्याङका कारण एक हप्तामा मात्र १० वटा ट्रान्सफर्मर जलेको छ, त्यो कुन ट्रान्सफर जल्यो पत्ता लगाउन पनि सबै ट्रन्समिटर चार्ज गरेर हेरेपछि मात्र थाहा हुने हुँदा तुरुन्त सेवा दिन ढिलाइ भएको हो" प्रमुख अधिकारी बताउछन् ।

"हाल १४ हजार ग्राहक रहेको वितरण केन्द्र पालुङलाई ग्राहकको माग अनुसार लोड दिन पहिले जस्तो समस्या नभएपनि लामो रुट जङ्गल परेको हुँदा समस्या पत्ता लगाउन नै हम्मेहम्मे पर्ने हुन्छ । बरु कहिँ कतै लाइनको समस्या देखिएमा, पोल ढलेको, तार चुडिएको देखिएमा तत्काल हामीलाई खबर गरिदिए समस्या समाधान गर्न सहयोग पुग्थ्यो" प्रमुख अधिकारी भन्छन् "हाम्रो कार्यालयको नियन्त्रणमा छैन, लाइन ट्रिप्प भएपछि मात्र समस्या पहिचानका लागि हामी खटिनु परेको छ, सानो क्षेत्रमा आउने समस्याले लाइन ट्रिप्प हुँदा पनि तत्कालका लागि सबै क्षेत्रमा बिद्युत अवरुद्ध हुने हुन्छ ।" प्रमुख अधिकारी बताउछन् "पुर्णरुपमा समाधान हुन अझै केही वर्ष लाग्छ तर हामी तत्कालका लागि समस्या समाधानको उपाय खोजिरहेका छौँ ।"

नेपाल बिद्युत प्राधिकरण पालुङमा धेरैजना प्रमुख फेरिदा पनि मार्खुको सव स्टेसन चार्ज हुन नसक्नु पछिल्लो समयको मूख्य समस्या रहेको छ । ९ वर्ष अगाडि पनि नियमित बिद्युत अवरुद्ध भएपछी स्थानीयले आन्दोलन समिति नै गठन गरेर प्राधिकरणमा ताला लगाएका थिए । हाल पनि प्राधिकरणको चरम लापरबाही भएको भन्दै उपभोक्ताहरुले सामाजिक संजाल मार्फत आक्रोश पोख्दै आएका छन् । महशुल भुक्तानीका लागि नयाँ प्रविधि भित्र्याएर ग्राहकलाई सहज बनाए पनि सेवा प्रविधिमा सुधार गर्ने तर्फ ध्यान नदिएको उपभोक्ताको आरोप छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)