nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द

sawari-1597106717.jpg

सरकारले लामो दूरीका सवारी र हवाइ उडान भदौ १५ सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण झन् फैलन थालेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि भदौ १ गतेदेखि चल्न दिने निर्णय गरेको थियो ।

बैठकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा यातायातका साधान भित्रिने र बाहिर जान नदिने निर्णय गरेको छ । कोरोनाका बिरामीहरूको संख्या २ सयभन्दा बढी भएका जिल्लाहरुमा अत्यावश्यक बाहेकका सवारी साधानहरुलाई भित्रिन र बाहिरिन नदिने निर्णय गरेको हो ।

'अत्यावश्यक परेर पास बनाएका र बिरामी बाहेक अरूको आवागमनमा कडाइ गर्ने निर्णय भएको छ,' स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कान्तिपुरलाई भने । २ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु उच्च निगरानीमा रहेको समेत उनले बताएका छन् ।

यस्तै सरकारले भदौ मसान्तसम्म सीमा नाकाहरु बन्द गर्ने निर्णय पनि गरेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)