nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लागू औषध सहित मकवानपुर प्रहरीद्वारा एक जना पक्राउ

pakrau1-1606039493.jpg

मकवानपुर प्रहरीले १,२०० ट्याब्लेट नाइट्रोभेट र ४ बोतल ओनरेक्ससहित आइतबार १२ बजे एकजना प्रकाउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पेटर्वासुगौली गाउपालिका वडा नं ३ सुनबर्सा बैरिया बस्ने वर्ष २४ को अनिल मुखिया रहेका छन् ।

बिरगंजबाट नारायणघाट तर्फ आइरहेको ना ५ ख ५८६८ नंको बस रोकी चेकजाँच गर्दा उक्त परिमाणको लागू औषध सहित मुखिया प्रकाउ परेका हुन् ।

मुखियाले आफ्नो झोलमा लुकाई लागू औषध नाइट्रोभेट १,२००ट्याबलेट र लागू औषध ओनरेक्स १०० एमएलको ४ बोतल फेला परेकाले उनलाई उक्त लागु औषध सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)