nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लागूऔषध नाईट्राेभेट सहित हेटौंडाबाट २ जना पक्राउ

p-1617188366.jpg

मकवानपुर प्रहरीले लागूऔषध नाईट्रोभेट ६० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार  दिउँसो प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ तिनताप्केस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट लागूऔषध नाईट्राभेट ६० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ बस्ने १८ वर्षीय सुशिल बर्तौला र मोरङको बिराटनगर महानगरपालिका वडा नंबर ४ बस्ने २१ वर्षीय रविन कार्की रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई प्रहरी चौकी लेवट मकवानपुरबाट खटिएको गस्ती टोलिले उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)