nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लागूऔषध चरेशसहित थाहानगरका ३ जना पक्राउ

मकवानपुर प्रहरीले लागूऔषध चरेशसहित ३ जनालाइ पक्राउ गरेकाे छ । प्रहरीले थाहा नगरपालिका–९, चित्लाङमा लागूऔषध चरेशसहित तीनजना र एउटा अटोलाई नियन्त्रणमा लिएकाे हाे ।

१८ साउन बिहान साढे ६ बजेको समयमा थाहा नगरपालिकाको चित्लाङबाट काठमाडौंको चन्द्रागिरी नगरपालिकातर्फ जाँदै गरेको प्र. नं. ३–०३–००१ ह ०२५९ नम्बरको अटोबाट मकवानपुर प्रहरीले चरेश बरामद गरेको जनाएको छ । प्रहरीले लागूऔषध चरेशसहित अटोमा सवार थाहा नगरपालिका–७ महादेवखर्कका ३० वर्षीय शुभराज घलान, छापटोलका ३३ वर्षीय नारायण सिं मुक्तान र फेदीगाउँ देउरालीका ४७ वर्षीय अटोचालक कृष्ण बहादुर गुरुङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

चित्लाङमा पक्राउ परेको अटो । फोटोः विराजन जंग बस्नेत अटोको सिट मुनी लुकाई राखेको अवस्थामा १२ केजी ९३२ ग्राम चरेशसहित उनिहरूलाइ नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए । उनिहरूलाइ लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने बताइएकाे छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)